महेश नेपाली
जुम्ला
तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएकाे साता बिहे गरे।
२० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताउँछन्।
केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएकाे आफन्तलाई फाेनमा भनेकाे बुझिएकाे छ।
मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि ‘दलित केटा’काे घरमा एक्कासी आगाे लागेकाे मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।
तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्।
‘घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,’ उनले भने, ‘क्षतिकाे विवरण निकाल्दैछाैँ। घटनाका अनुसन्धान भइरहेकाे।’