नन्दलाल सापकोटा र शारदा सापकोटालाई स्वदेश विदाई

खिमराज चालिसे
रोपड । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको रोपड नगर समितिले समितिका सहसचिव नन्दलाल सापकोटा र महिला नगर विभाग सदस्य शारदा सापकोटालाई मूल प्रवाहले ससम्मान स्वदेश विदाई गरेको छ ।

नन्दलाल सापकोटाले १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारीहरु निरन्तर सक्रिय रुपमा निभाउँदै आउनु भएको छ । वहाँ थर्मल प्लान्ट रोपडबाट ३० जुन २०२३ को सेवानिवृत भएपछि मूल प्रवाहले विदाई गरेको हो।

वहाँहरु दुबैजनालाई मूल प्रवाहका केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले नगर समितिको तर्फबाट स्मृतीचिन्ह र प्रसंशा पत्र प्रदान गर्नुभएको थियो । प्रेम सापकोटाले दुबैजनालाई शुभकामना दिदै सापकोटा दम्पतीले वर्गिय मुक्ती आन्दोलनमा देशभित्र पनि अझै सक्रिय रुपमा लाग्नु हुने विश्वास व्यक्त गर्नुभएको थियोे।

मूल प्रवाह केन्द्रीय परिषद सदस्य मदन थापा, क्षेत्रीय सदस्यहरु छबीलाल सापकोटा, शिवलाल लामीछाने, बिल बहादुर गुरुङ, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, सदस्य मन्जु थापा, खगी थापाको पनि आतिथ्यता रहेको थियो।

रुपा कार्कि, भक्त बहादुर थापा र जगन्नाथ कणेल लगाएतले शुभकामना दिनु भएको थियो। कार्यक्रम ओम प्रकाश सापकोटाको अध्यक्षतामा तथा दयाराम लामिछानेको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत लाल बहादुर थापाले गर्नुभएको छ ।

नन्दलाल सापकोटा नवलपुर जिल्लाको गैंडाकोट नगरपालीका वार्ड नम्बर ५ निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार