चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत रहेको रोपड नगर समितिका संस्थापक सदस्य एवम् नगर समितिका सक्रिय नेता प्रजापति सापकोटाको बिदाई गरिएको छ ।
संस्थापक नेता सापकोटालाई अगस्त १६, २०२३ का दिन आयोजित एक समारोहमाझ बिदाई गरिएको हो ।
सापकोटाले सन् १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारीहरू सक्रिय रूपमा निभाउँदै आउनुभएको थियो ।
रोपडको थर्मल प्लान्ट कम्पनीबाट जुलाई ३० का दिन सेवानिवृत भएपछि मूल प्रवाह नेपाली एकता समाजबाट ससम्मान बिदाई गरिएको थियो ।
नेता सापकोटा र उहाँकी पत्नी डोलुदेवी सापकोटालाई राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एव् महिलानेतृ सरिता जिसी र मूल प्रवाहका केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले संयुक्त रूपमा नगर समितिको तर्फबाट स्मृतिचिह्न र प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
सो अवसरमा सापकोटालाई शुभकामना दिँदै वर्गीय मुक्ति आन्दोलनमा देशभित्र पनि अझै सक्रिय रुपमा लाग्नु हुने छ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना दिने वक्ताहरूमा मूल प्रवाह महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खडका, केन्द्रीय परिषद् सदस्य मदन थापा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने र खगी थापा, जनजाति विभागका बिलबहादुर गुरुङ, महिला क्षेत्रीय विभागकी संयोजक सीता सापकोटालगायत हुनुहुन्थ्यो ।
कार्यक्रम रूपा कार्कीको सञ्चालन तथा मन्जु थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित जनसमुदायलाई विष्णु थापाले स्वागत गर्नुभएको थियो ।
प्रजापति सापकोटा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका वडा नम्बर ३ निवासी हुनुहुन्छ ।