खिमराज चालिसे
चंडिगढ, १८ अगस्त । हिमांचल राज्यको रिकांगपिओबाट १६ अगस्त २०२३ को आफ्ना तिन बालबालीका मध्ये दुई बच्चाहरु र श्रीमान छोडेर फरार दुर्गा नेपाली वर्ष २९ को खोज तलासमा मूल प्रवाह रिकांगपिओले तत्परता देखाएको छ ।
कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दनाथ नगरपालीका ९ तलीउम स्थायी निवासी निखिल नेपालीकी श्रीमती दुर्गा नेपाली वर्ष २९ हिमांचल राज्यको रिकांगपिओबाट फरार भएपछि उनका श्रीमान मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय पुगी खोज तलास गरिदिन अनुरोध गरेको नगर सचिव मिथुन सिंहले बताउनु भएको छ।
कसैसंग भागेको हुनसक्ने शंका गरिएकी दुर्गा भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा निखिल नेपाली +917876101675 वा मूल प्रवाह रिकांगपिओ नगर कार्यालय +919015121254 खबर गरिदिन मूल प्रवाह ले अनुरोध गरेको छ।