खिमराज चालिसे
चंडिगढ, २७ अगस्त । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा सञ्चालित मोहाली एरिया समितिको चौथो भेला २७ अगस्त २०२३ का दिन सम्पन्न गरिएको छ ।
भेलाको उद्घाटन केन्द्रीय सदस्य दिनेश खड्काले ब्यानर खोलेर गर्नु भयो । खड्काले उद्घाटन भाषणमा देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको र एमसिसी बिरुद्धको संघर्ष तत्काल जोड्दार रुपमा गर्नुपर्ने धारणा राख्नु भयो । खड्काले धर्मनिरपेक्षता र राष्ट्रियता गम्भीर खतरामा रहेको समेत धारणा व्यक्त गर्नुभएको थियो।
भेलाले १३ पुर्ण, तिन बैकल्पिक र तिन सल्लाहकार सहित १९ सदस्यीय एरिया संगठन समिति निर्माण गरेको छ ।
निर्वाचित समितिको नामावली नगर सचिव तेज बहादुर रोकाले प्रस्तुत गर्नु भएको थियो । जस्माः अध्यक्ष- लिला बहादुर बिक, उपाध्यक्ष- मोहन बुढा, सचिव- जुना चालिसे, सहसचिव- सिता खड्का, कोषाध्यक्ष- सिमा खड्का र सदस्यहरूमा सन्तोष खनाल, लक्ष्मी क्षेत्री, पुनाराम नेपाली, खेम बहादुर विक, प्रकाश पुन, रवी रावत, गणेश, हरि नेपाली, बैकल्पिक सदस्यहरूमा सिता खत्री, धन बहादुर, पुर्ण बहादुर घर्तीमगर एंव सल्लाहकारमा राम प्रसाद शर्मा, हेम लाल र चेतमान रहनु भएको छ ।
मूल प्रवाह केद्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एंव महिला सदस्य जुना चालिसे, केन्द्रीय परिषद सदस्य थमन थापा, रक्तीम साँस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य तेज बहादुर रोका, महिला क्षेत्रीय सदस्य सिमा खड्का, नगर उपाध्यक्ष प्रेम गुरुङ, विद्यार्थी संघ नगर सचिव राम पंथी, समता विभागका अर्जुन बिक, महिला नगर बिभागबाट सरस्वता भुसाल लगाएतले नवनिर्वाचित समितिलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रम मोहन बुढा मगरको अध्यक्षता र लिला बिकको सञ्चालनबाट अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात कलाकार र सिता खड्काले स्वागत गर्नु भएको थियो ।