हिसार आटो मार्केटमा मूल प्रवाहको टोल समिति

खिमराज चालिसे,

हिसार । गत केही समयदेखि मूल प्रवाहको नाम लिएर सर्वसाधारणमा भ्रम सृजना गर्ने दुष्प्रयास गरिरहेका फुटपरस्त तत्त्वहरूको सशक्त सैद्धान्तिक प्रतिवाद गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारले सिटी एरियाअन्तर्गत आटो मार्केटमा टोल समिति गठन गरेको छ ।

केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरले फुटपरस्तको गतिविधिसहित मूल प्रवाहको विधान र इतिहासबारे संक्षिप्तमा स्पष्ट पारेपछि टोल समिति गठन गरिएको थियो ।

भेलाले विमल कुमालको अध्यक्षतामा १७ सदस्यीय समिती गठन गरेको छ ।

समितिको सचिवमा गोपाल मुखिया, कोषाध्यक्षमा निर्मला घर्तीमगर र सदस्यहरूमा कमला बगाले (ख), टीकाराम घर्तीमगर, रूपबहादुर सुनार, यमबहादुर रेस्मी, अम्बरबहादुर कुमाल, विनोद रजाली, कमल कुमाल, भीमबहादुर कुमाल, विमल कुमाल, मदन ताङनामी र चन्द्रा सोमरे रहनुभएको छ ।

मन बहादुरको सञ्चालन तथा मनबहादुर कुमालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निर्मला घर्तीमगरले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार