जालन्धरमा एमसीसी विरुद्ध सभा सम्पन्न

जालन्धर । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्र अन्तर्गत जालन्धर नगर समितीले देशमा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले एमसीसी इन्डोप्यासिफिक रणनीति भएकोले यसलाई कार्यान्वयन गर्न दिन नहुने बताउनुभयो ।

मूल प्रवाह जालन्धर नगर अध्यक्ष जितमान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महिला विभाग सदस्य शुष्मा खडका, केन्द्रीय परिषद सदस्य जमुना गाहा लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

नगर सचिव तिलबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो ।

विवादित अमेरिकी परियोजना एमसीसी हिजो (भदौ) १३ देखि कार्यान्वयनमा आएको छ । त्यसविरुद्ध देश र प्रवासमासमेत विरोध भइरहेको छ ।

राष्ट्रिय जनमोर्चाले बुधबार राजधानीसहित देशब्यापीरुपमा एमसीसीको कार्यान्वयन हुन नदिन आह्वानसहित विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार