रोपड । मूल प्रवाह रोपड नगर समितिको आयोजनामा राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध विरोध कार्यक्रम कालो ब्यानरमा सम्पन्न गरिएको छ।
कार्यक्रममा विरोध मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सचिव एव क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदूरपश्चिमोत्तर क्षेत्रीय जनजाति विभागका बिलबहादुर गुरुङ, परिषद सदस्य मदन थापा, क्षेत्रीय सदस्य छविलाल सापकोटा, महिला नगर संयोजक मन्जु थापा, क्षेत्रीय सदस्य लक्ष्मी गुरुङ, दयाराम लामिछाने, तुल्सी थापा, खुमबहादुर, खेमप्रसाद सापकोटा, लगाएत हुनुहुन्थ्यो।
विरोध सभा भक्तबहादुर थापाको अध्यक्षता तथा नन्दलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत खेमबहादुर पेमीले गर्नु भएको थियो ।