खिमराज चालिसे,
हिसार । भारत हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दुई हप्ते २०८० सालको प्रगतिशील तिजी कार्यक्रमको उद्घाटन गरेको छ ।
मूल प्रवाह महिला विभाग हिसारको आयोजनामा सेप्टेम्बर ६, २०२३ का सिटी एरियाबाट उदघाटन गरिएको हो ।
मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले करतल ध्वनिमाझ ब्यानर खोलेर उदघाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले प्रगतिशील तिजी गीत र नृत्यको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।
मूल प्रवाहका केन्द्रीय परिषद् सदस्य केहरसिंह घर्तीमगर, र नारायण विक, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य बाबुराम पोख्रेल र ओमप्रकाश तिवारी, सुरेश क्षेत्री, लालबहादुर चुदाली, महिला क्षेत्रीय विभागकी चन्द्रा सोमरे, सेती राना, नगर सदस्य नन्दबहादुर लम्तरी, मनबहादुर घर्तीमगर, इन्ड्रस्ट्रियल एरिया समितिका विष्णु गौतम, सिटी एरियाका दुर्गा तिवारीलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपस्थित महिला दिदीबहिनीले अत्यन्त हर्षाेल्लासको साथ प्रगतिशील गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापन १२ दिनपछि जाट धर्मशालामा सेप्टेम्बर १८ का दिन गरिने भएको छ ।
सीता पोखरेलको अध्यक्षतामा तथा कमला बगालेको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा स्वागत मिनु दर्लामीले गर्नुभएको थियो ।