
- खिमराज चालिसे
हिसार, १९ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नीति, सिद्धान्त, अनुशासनलाई तिलान्जली दिएर केहि समय पहिला कतिपय महत्वाकांक्षी व्यक्तिहरुले कथित अखिल भारत नेपाली एकता समाजको नाम लिएर हिसार नगर समिति गठन गरेका थिए । उनीहरुको ‘कथित एकता समाज’को नगर समितिका कोषाध्यक्ष रुपेश बराम र नगर सदस्य हरि थापाले सो संगठन परित्याग गरि १९ सेप्टेम्बर २०२३ को मंगलबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।
रुपेश बराम र हरि थापा दुबैजनाले बेग्लाबेग्लै विज्ञप्ती प्रकाशित गरि आफूहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको बताउनु भएको हो । बराम र थापालाई केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।
वहाँहरुले आफूहरुलाई केही अराजक र महत्वाकांक्षी व्यक्तिहरुले आफू नै सहि एकता समाज भएको एकता समाजको नाम फेरिएको बताई भ्रममा पारेको बताउनु भएको छ । त्यसरी भ्रम सृजना गरि आफुलाई फुटपरस्तहरुले समितिमा राखेको वहाँहरुको भनाई छ । उहाँहरुले “फुटपरस्तहरुको सैद्धान्तिक र व्यावहार हेर्दा त्यो एकता समाजको संगठन सांगठनिक र गरिमालाई निरन्तरता दिने भन्दा पनि सोझा र इमान्दार नेपालीहरुलाई भ्रममा पारि आफ्नो चरम महत्वाकांक्षा र स्वार्थको लागि काम गरेको” समेत बताउनु भएको छ । विभिन्न स्थानमा आफूलाई नै सच्चा एकता समाज बताउँदै मूल प्रवाहका सर्वसाधारण सदस्य तथा समर्थकहरुलाई भ्रममा पार्दै हिंड्ने फूटपरस्त तत्वहरुको भ्रममा नपर्न समेत बराम र थापाले विज्ञप्ती मार्फत अपिल गर्नु भएको छ ।

साथै “मूल प्रवाह अखिल भारत नेपली एकता समाज”ले नै एकता समाजको मर्म र गरिमालाई कायम राखेकाले ‘मूल प्रवाह’मा नै आवद्ध हुनलाई वहाँहरु दुबै जानाले अनुरोध गर्नुभएको छ ।

सोमरेका अनुसार फुटपरस्तहरुको ‘कथित आठौं अखिल भारत सम्मेलन’ सम्म भ्रममा रहेका तर सम्मेलन पश्चात भ्रममुक्त भएका भारतका विभिन्न स्थानका कैयौं कार्यकर्ताहरु मूल प्रवाहको सम्पर्कमा रहेको र छिट्टै उनीहरु पनि मूल प्रवाहमा प्रवेश गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।
















