अम्बालामा मूल प्रवाहको तिजी कार्यक्रम

“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराको साथ हरियाणाको अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।

नगर महिला विभागको आयोजनामा सेप्टेम्बर १८, २०२३ सोमबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौड्यालले शब्दद्वारा कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, सदस्य प्रेम रसाइली र सल्लाहकार लक्ष्मण अर्याल, महिला क्षेत्रीय सदस्य सीमा खडका, नगर अध्यक्ष कमल सुवेदी, सदस्य गङ्गा विसन लगाएतले सम्बोधन गर्नुभएको थियो।

तिजी कार्यक्रम बाबुराम भुसालको सञ्चालनमा तथा शोभा रसाइलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने पार्वती क्षेत्रीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार