जालन्धरमा मूल प्रवाहको एरिया भेला सम्पन्न

जालन्धर । पन्जाबको जालन्धर इन्डस्ट्रियल एरियामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया भेला सम्पन्न भएको छ ।

केन्द्रीय सल्लाहकार जितमान थापा र महिला विभागकी शुष्मा खड्काको संयुक्त उद्घाटनमा सम्मेलन सम्पन्न भएको हो ।

भेलामा केन्द्रीय परिषद् सदस्य लक्ष्मण खड्का, क्षेत्रीय महिला सदस्य मीना थापा, नगर समिति तिलबहादुर थापा, नारायण पोख्रेललगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नवनिर्वाचित प्यानलको घोषणा क्षेत्रीय सदस्य लक्ष्मण खड्काले गर्नु भएको थियो ।

समितिको अध्यक्षमा माया केसी रहनुभएको छ भने उपाध्यक्षमा मनिषा छन्त्याल, सचिवमा गोमा विक, उपसचिवमा मन्जु सुनाम र कोषाध्यक्षमा सरिता सुनाम रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा अनुष्का बुढामगर, दीपा सुनाम, हीरादेवी बस्याल, माया रासकोटी मगर र मन्जु विक तथा वैकल्पिक सदस्यहरूमा सुमित्रा सुनाम, अन्जु विक, श्याम कुमारी विक र तारा गुरुङ रहनुभएको छ ।

एवम् प्रकारले समितिको सल्लाहकार सदस्यमा सेमकुमारी विक, मीना बस्याल, उमा जिसी र सरिता विक रहनुभएको छ ।

समितिलाई महिला विभागबाट इन्द्रा कुँवर, सिटी एरियाबाट रोसनी बस्याल र लक्ष्मी थापाले बधाई दिनुभएको थियो ।

कार्यक्रम हिमप्रसाद सुनामको अध्यक्षता तथा रामबहादुर विकको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा चन्द्र बस्यालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार