रोपड । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयता र एमसिसी खारेज गरौ” भन्ने मूल नाराको साथ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्र अन्तर्गत रहेको रोपड नगर समितिद्धारा सञ्चालित विभागको आयोजनामा १८ सेप्टेम्बर २०२३ को तीजि कार्यक्रम सम्पन्न गरिएको छ।
मूल प्रवाहका केन्द्रीय सचिव एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन भाषणमा तिजी कार्यक्रम लगाएतका महिला आन्दोलनलाई प्रगतिशिल रुपान्तरण गर्दै वर्गिय आन्दोलनसँग जोडेर हेर्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय परिषद् सदस्य मदन थापा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य शिवलाल लामिछाने, छबिलाल सापकोटा, जनजाति विभागका बिल बहादुर गुरुङ, नगर समितिका ओम प्रकास सापकोटा लगायतले सम्बोधन गर्नु भएको थियो ।
तिजी कार्यक्रम रुपा कार्कीको सञ्चालनमा तथा मन्जु थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने खगी थापाले गर्नु भएको थियो ।
त्यसै गरि मूल प्रवाह रोपड नगर समिति द्धारा संचालीत सिटि एरिया र रैला माजरा एरियामा १७ सेप्टेम्बर २०२३ को तिजको कार्यक्रम सम्पन्न गरिएको थियो ।
मूल प्रवाहका केन्द्रीय सचिव एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले उद्घाटन गर्नु भएको सो तीजि कार्यक्रममा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य खगी थापा, जनजाति विभागका लाल बहादुर थापा, नगर समितिका दयाराम लामिछाने र श्याम बहादुर मल्ल, रक्तीम विभागका रुपा कार्की लगाएतले मन्तव्य राख्नु भएको थियो ।
तीजि कार्यक्रम भक्त बहादुर थापाको सञ्चालनमा तथा बसन्त थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने मिनु बानियाले स्वागत गर्नु भएको थियो।