खिमराज चालिसे
चंडिगढ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघियता र एमसिसी खारेज गरौ” भन्ने मूल नाराको मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रको चंडिगढ मा महिला विभागको आयोजनामा आइतवार तिजको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले उद्घाटन गर्नु भएको हो। खनालले उदघाटन भाषणमा देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको, धर्मनिरपेक्षता र राष्ट्रियता समेत खतरामा रहेको धारणा राख्नु भएको थियो।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य एंव अखिल नेपाल महिला संघकी सरिता जिसीले महिला मुक्ती आन्दोलनलाई वर्गिय आन्दोलनसंग जोडनु पर्ने धारणा राख्नु भएको थियो।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य तिलक पौड्याल केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सास्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य बिष्णु बेल्बासे, केन्द्रीय परिषद सदस्य थमन थापा, परिषद सदस्य एंव नगर अध्यक्ष मान बहादुर केसी, प्रवासी नेपाली संघकी फाल कुमारी लगाएत को आथित्यता रहेको थियो।
तिजी कार्यक्रम जुना चालिसेको संचालन मा तथा माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कलाकार एंव सिमा खडकाले गर्नु भएको थियो।