लुधियानामा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

खिमराज चालिसे

लुधियाना, १९ सेप्टेम्बर । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयता र एमसीसी खारेज गरौ” भन्ने मूल नाराको साथ मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत लुधियानामा मूल प्रवाह महिला विभागको आयोजनामा सोमवार तिजको कार्यक्रम सम्पन्न गरिएको छ ।

मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले करतार ध्वनीमा उद्घाटन गर्नु भएको सो कार्यक्रममा खनालले वर्तमान अवस्थामा साम्राज्यवादी हस्तक्षेप, युवाहरुको विदेश पलाएन र देशको राजनैतिक अवश्था लगाएतका समसामयिक विषयहरु उठाउनु भएको थियो ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य राम चन्द्र पौड्याल, सल्लाहकार राज कुमार शाही, केन्द्रीय परिषद सदस्यहरु उदय चन्द, राज कुमार अधिकारी र अर्जुन कार्की, महिला क्षेत्रीय सदस्य दिपा चन्द, क्षेत्रीय सदस्य बिमला अधिकारी, एरिया सदस्य चक्र बहादुर चन्द, रक्तिमका वनिता थापा, हिक्मत सिंह, सगरमाथा टुर एंड ट्रावल्सका राजु थापा, जनजाति विभागका मान बहादुर थापा, धन बहादुर घर्ती लगायतको आथित्यता रहेको थियो।

तिजी कार्यक्रम बसन्ती थापाको सञ्चालन तथा मिना दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो भने धन प्रसाद अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सहभागि महिला दिदी बहिनीहरुले भव्य गित एवं नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार