
– जनकराज पौडेल
निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी महिला विभागको आयोजनामा २०८० साल को प्रगतिशिल तिजि कार्यक्रम, १८ सेप्टेम्वर २०२३ का दिन भव्यरुपमा सम्पन्न भएको छ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघीयता र एमसीसी खारेज गरौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम, लक्ष्मि विकको अध्यक्षता र मिना हमालको सञ्चालन रहेको थियो । शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थित जनमानसलाई कलाकारहरूले गितबाट र महिला विभाग सदस्य सीता विकले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्मा हुनुहुन्थ्यो ।
शर्माद्धारा दिप प्रज्जवल गरि तीजि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अन्य अथितिहरूमा क्षेत्रीय प्रतिनिधि जगत हमाल, दक्षिण भारत क्षेत्रीय सदस्य विरे थापा, टेक विक, चन्द्र प्रसाद शर्मा, भिम लाल शर्मा, विद्यार्थी विभागबाट कस्तुरी थापा, साँस्कृतिक विभागबाट बल बहादुर विक, महिला क्षेत्रीय विभागबाट रुपा थापा, खेलकूद विभागबाट मधु खनाल, निलगिरी नगरबाट लोकेन्द्र विक, राष्ट्रिय जनमोर्चा बागलुङ जैमिनि नगरपालिका वडा न ः ४ का सदस्य रवि शंकर शर्माहरूको आथित्यता रहेको थियो ।

कार्यक्रमका प्रमूख अथिति मदन शर्माले महिलाहरूका हकअधिकार साथै गणतन्त्र राष्ट्रियता रक्षा र संघीयता एमसीसी खारेज बारे धारणा राख्नु भएको थियो । अन्य अथितिहरूले प्रगतिशिल तीजि कार्यक्रम बारे र मूल प्रवाहको झण्डा मुनि गोल बन्द हुन आव्हान गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा व्यापक जन सहभागित रहेको थियो । महिला दिदी बैनीहरूले प्रगतिशिल गित, संगित, नृत्य प्रस्तुत गर्दै २०८० सालको तीजि कार्यक्रम भब्यता साथ विधाई गर्नु भएको छ ।
















