खिमराज चालिसे,
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले आयोजना गरेको प्रगतिशील तिजी कार्यक्रमको समीक्षा गरेको छ।
समीक्षा कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगाले, मूल प्रवाहका केन्द्रीय सदस्य धनबहादुर गोर्खाली र महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खड्काको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जुना विक, लक्ष्मी थापा, जमुना गाहा, इन्दिरा कुँवर, रोशनी बस्याल, सर्मिला सापकोटा, सरस्वती आचार्य, रमा बिष्ट, सन्तोषी थापा, मीना गाहा, माया केसी, शान्ता चौधरी, मनिषा छन्त्याल, मन्जु, सरिता एव मूल प्रवाह नगर समितिको तर्फबाट लक्ष्मण केसी, तिल बहादुर थापा, रामु बिक, र सांस्कृतिक विभागकी कविता थापा लगाएतले समिक्षात्मक विचार राख्नु भएको थियो ।
समीक्षामा उठेका विषयहरुमा केन्द्रीय सदस्य कुलबहादुर बगालेले स्पष्ट पार्नु भएको थियो ।
तिजी कार्यक्रमलाई भव्य र सानदार रुपमा सम्पन्न पार्न योगदान पुर्याउनु हुने दिदीबहिनीहरु र साँस्कृतिक टोलीका ५१ जना कलाकारहरुलाई केन्द्रीय सदस्य कुल बहादुर बगाले र धन बहादुर गोर्खाली एवम् महिला केन्द्रीय सदस्य शुष्मा खड्काद्वारा संयुक्त रूपमा उत्कृष्टता प्रदर्शन पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम लक्ष्मण खड्काको सञ्चालनमा तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत मीना बगालेले गर्नु भएको थियो।