चंडिगढमा तिजी कार्यक्रम समीक्षा

चंडिगढ । मूल प्रवाह चंडिगढ नगर समितिले प्रगतिशील तिज २०८० को कार्यक्रम समीक्षा गरेको छ । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं’ भन्ने मूल नाराको साथ १७ सेप्टेम्बरका दिन सम्पन्न तिजको समीक्षा गर्दै मूल प्रवाहले कार्यक्रम भव्य र अनुशासित रुपमा सफल भएको ठहर गरेको छ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह क्षेत्रीय सदस्य जुना चालिसे, सांस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, मूल प्रवाह केन्द्रीय परिषद सदस्य थमन थापा, नगर संयोजक माया आचार्य, अखिल नेपाल किसान महासंघका दाङ जिल्ला सदस्य विष्णु आचार्य, राजमो कोहलपुरका बालाराम न्यौपाने, विद्यार्थी संघका नारायण आचार्य, कलाकार सागर जीएम, जमुना खनाल, मधु सुवेदी, माया नेपाली लगाएतले समीक्षा गर्दै आ–आफ्ना धारणा राख्नुभएको थियो ।

नगर समितिका पूर्वअध्यक्ष विष्णु आचार्य र उपाध्यक्ष बालाराम न्यौपानेलाई टिका, माला र खादा लगाएर सम्मान समेत गरिएको सो कार्यक्रम नगर सचिव तेजबहादुर रोकाको सञ्चालन तथा नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालन कलाकार थानेश्वर पान्डेले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार