खिमराज चालिसे,
चन्डिगढ । भारत हरियाणा राज्यको पञ्चकुलामा प्रहरीले अक्टोबर १, २०२३ आइतबारका दिन बेबारिसे अवस्थामा नाडासाहब रोडमा फेला पारेको नेपाली युवकको शवको परिचय खुलेको छ ।
पञ्चकुला प्रहरीले जिल्लाको नाडासाहाब रोडको किनारमा अक्टोबर १ का दिन बेबारिसे अवस्थामा एक युवकको शव फेला पारेपछि समाचारपत्रमा खबर प्रकाशन गरसँगै मृतक युवकको सनाखत भएको हो ।
मृतक प्युठान जिल्ला झिमरुक गाउँपालिका वडा नम्बर ३ साहुटोलका चित्रबहादुर खड्काका जेठा छोरा २४ वर्षीय दामोदर खड्का भएको उनका परिवारले प्रहरी थानामा सनाखत गरेपछि पुष्टि भएको छ ।
गत दुई महिनादेखि परिवारको सम्पर्कमा नआएपछि झन् रहस्यमय बनेको दामोदर मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान चलिरहेको छ ।
पञ्चकुला प्रहरीले दामोदर खडकाको पोस्टमार्टम गरी शव परिवारलाई हस्तान्तरण गरेपछि मनिमाजरास्थित घाटमा परिवारका सदस्य र आफन्तजनसमेतको उपस्थितिमा अक्टाबर ५ बिहीबार का दिन दाहसंस्कार गरिएको छ ।