पटियाला जिल्लाको समानामा एक नेपाली युवकको सन्दिग्ध अवश्थामा मृत्यु

खिमराज चालिसे

चंडिगढ, ०१ नोभेम्बर । भारतको पंजाब राज्यको पटियाला स्थित समाना भन्ने ठाउँमा रहेको नशामुक्ती केन्द्रमा हिजो एक नेपालीको सन्दिग्ध अवश्थामा मृत्यु भएको छ ।

मृतकको शव सामान्य कानुनी प्रकृया समेत पुरा नगरि अभिभावकलाई बुझाएको थाहा पाएपछि घटना स्थलमा पुगेका प्रगतिशिल नेपाली समाजका राजेश सोनीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एंव संचारकर्मी खिमराज चालिसेसँग फोन सम्वादमा आवश्यक परामर्श गरि हिजो राती नै स्थानीय समेतको दबाबमा एफआइआर दर्ज गर्ने कार्य भएको थियो। भने आज परिवारिक सदस्यहरु, आफन्तजन विभिन्न संघसस्था समेतको उपस्थितमा मृतकको पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ ।

मृतक लक्षिराम लुवार वर्ष ४२ तुर्मारवाद गाउपालिका वार्ड नम्वर ३ धनगढि निवासी हुन। उनि अत्यधिक मादकपदार्थ सेवन गरेको कारण केहि दिन पहिला नशामुक्ती केन्द्र समाना पटियालामा भर्ना गरिएका थिए ।

शरिरका विभिन्न अंगमा चोटको निसान देखिए पछि सन्दिग्ध मानिएको लक्षिरामको मृत्युको कारण अज्ञात रहेकोले थप प्रहरी अनुसन्धान चलिरहेको पटियालाबाट राजेश सोनीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार