चंडिगढमा ४५औं स्थापना दिवश मनाइयो

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४५औं स्थापना दिवशको कार्यक्रम नगर समिति चंडिगढ नगर समितिले सम्पन्न पारेको छ ।

मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा आज ७ नोवेम्वरको सम्पन्न स्थापना दिवश समारोहमा एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीहरुको समसामयिक समस्याहरुमा एकता समाजले खेलेको भुमिका लगाएतका विषयहरुमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह  केन्द्रीय सदस्य दिनेश खडका,  केन्द्रीय सदस्य तिलक पौडेल, केन्द्रीय सदस्य एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्दीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, सदस्य तेज बहादुर रोका, परिषद सदस्य थमन थापा, महिला विभागकी कुमारी थापा, साँस्कृतिक विभागकी सरस्वता भुसाल, जनजाति विभागका प्रेम गुरुङ, समता विभाग पञ्चकुला एरियाका सुरेश आचार्य, इन्डस्ट्रीयल एरियाका लक्ष्मी अधिकारी, सिटि एरियाका मधु सुवेदी लगाएतले मन्तव्य दिनुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरु समेत जाजरकोट भूकम्पबाट निधन भएकाहरुप्रति दुई मिनट मौनधारण गर्दै श्रद्धाञ्जली दिइएको उक्त स्थापना दिवश कार्यक्रम नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता र सदस्य अर्जुन बिकको सञ्चालनमा सम्पन्न भएको थियो भने पुरन थापाले स्वागत गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार