पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचेरी नगर समितिको आयोजनामा २०८० सालको देउसी भैलो कार्यक्रम, ११ नोभेम्बर २०२३ का दिन भब्यरुपमा सम्पन्न भएको छ ।
भद्रबहादुर जिसीको अध्यक्षतामा र गोविन्द शर्माद्धारा सञ्चालित उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य बाला कृष्ण गायक प्रमूख अथिति रहनु भएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, भगवति कुँवर, दक्षिण भारत क्षेत्रीय सदस्य विष्णु कुमारी शर्मा, ओमकान्त शर्माले आथित्यता गर्नुभएको थियो ।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चायत कलाकारहरुले गित संगितबाट र नगर सदस्य खड्क बहादुर कुँवरले शब्दद्धारा उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।
प्रगतिशिल भैलो कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य गायकले दिप प्रज्जवलन सहित तालीको गड्गडहाट बीच गर्नुभएको थियो ।
उद्घाटन भाषणमा प्रमूख अथिति गायकले प्रगतिशिल कला संस्कृतिको महत्व र संगठनले निर्वाह गर्दै आएको भुमिका बारे महत्वपुणर् धारणा ब्यक्त गर्नु भएको थियो ।
अन्य अथितिहरुले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । भैलो कार्यक्रममा प्रगतिशिल र मौलिकतामा आधारित गित संगित सहित कलाकार हरुको जोडदार नृत्य प्रस्तुति रहेको थियो ।