प्रगतिशील देउसीभैलो २०८० वापिमा समापन

निखिल रावत

वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम नगर समितिको आयोजनामा २६ नोभेम्बर २०२३ का दिन समापन गरिएको छ ।

‘विकृति र विसंगतिको अन्त्य गरौं, प्रगतिशील संस्कृतिको बिकास गरौं’ भन्ने मूल नारा सहित खेलिएको प्रगतिशील देउसीभैलो २०८० समापन कार्यक्रमलाई महासचिव प्रेम पौडेलले सम्बोधन गर्नुभएको थियो । प्रमुख अतिथि पौडेलले देउसीभैलो आफैमा रुढीवादी परमपरा भएता पनि यसलाई प्रगतिशिल रुपमा संगठनको प्रचार प्रसार र जनस्तरबाट आर्थिक सहयोग संकलनको उदेश्यले खेलिने गरिएको बताउनु भयो । पौडेलले भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वुर्जुवा र पश्चात्य पश्चिमा संस्कृतिका विरुद्धमा देउसीभैलो खेल्दै आएको बताउनु भयो ।

‘परापुर्व कालदेखि सम्पूणर् नेपालीहरूले आ-आफ्नो भाषा कलामा मनाउँदै आएता पनि वर्तमानमा भारतस्थित नेपालीहरु बीच नेपाली भाषा-संस्कृतिको संरक्षणको उदेश्यले पनि देउसीभैलो खेलिंदै आएको छ ।’ पौडेलले भन्नु भयो- ‘पछील्लो केहि बर्ष यता देउसीभैलोको नाममा कतिपय संघसंस्थाहरुले विकृति फैलाउने गरेका छन् । यसका विरुद्ध पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले व्यापक रुपमा संघर्ष गर्दै आएको छ । ’

विकृति विसंगतिलाई समाजबाट निर्मुल पार्न प्रगतिशील रुपमा जनवादी देउसीभैलो खेल्न सहयोग पुर्याउनुहुने कलाकार, कार्यकर्ता एवं शुभचिन्तकहरु पनि महासचिव पौडेलले धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रम वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावतको अध्यक्षता र क्षेत्रीय सदस्य देवेन्द्र रावलको सञ्चालनबाट अगाडि बढेको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय सदस्य कृष्ण कुंवर, पस्चिम भारत क्षेत्रेय सचिवालय सदस्य प्रविन काउछा, केन्द्रीय महिला बिभाग सदस्य विना काउछा, रक्तिम साँस्कृतिक बिभाग पस्चिम भारत क्षेत्रीय संयोजक हरी काउछा, क्षेत्रीय सदस्य जितु ठकुल्ला, देवराज जोसी, मान बहादुर थापा, गन बहादुर रानाले आतित्थ्यता गर्नु भयको थियो ।

कार्यक्रममा रमकला काउछा, कृष्ण कुंवरले पनि शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार