२६ वर्ष पहिलादेखि हराएका नवराजको खोजी गरौं

खिमराज चालिसे

भारतको चंडिगढबाट गत २६ वर्ष पहिला हराएका गुल्मीका (हाल वर्ष ५४) का नवराज पोख्रेलको खोजीमा परिवारले तिव्रता दिएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्वर २ निवासी नवराज पोख्रेल २८ वर्षको उमेरमा २०५४ सालमा चंडिगढबाट हराएको नवराजका छोरा अरुण पोख्रेलले बताएका छन् ।

अरुण पोख्रेलले दक्षिण भारतको चेन्नईमा मूल प्रवाहका कार्यकर्ता ईश्वरी थापासँग सम्पर्क गरि खोजी कार्यमा सहयोग गर्न अपिल गर्दै आफु र आफ्नो परिवारले बुबा नवराज पोख्रेलको खोजीमा निकै तिव्रता दिइरहको बताएका छन् ।

नवराज पोख्रेल भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा ईश्वरी थापा +91-6383299584 र नेपालमा 00977-9861097103 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार