लुधियानामा मूल प्रवाहको देउसीभैलोसम्बन्धी सभा सम्पन्न

खिमराज चालीसे,

लुधियाना । भारतको पंजाब राज्यको लुधियानामा मूल प्रवाहको देउसीभैलोसम्बन्धी सभा सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालको उपस्थितिमा आइतवार १० डिसेम्वर २०२३ तदानुसार २०८० मङ्सिर २४ गते सो कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा अध्यक्ष खनालले भारतमा मूल प्रवाहको जनवादी देउसीभैलोको महत्व एवम् आवश्यकताबारे प्रकास पार्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य रामचन्द्र पौडेल, केन्द्रीय परिषद् सदस्य राजकुमार शाही, क्षेत्रीय सदस्य कैलाश खड़का, फोकल प्वाइंट नगरबाट देबीराम थापा, बिनराम पुरी, सिटी नगरका बलबहादुर, रबी थापा, नारायण पोख्रेल, महिला विभागकी मिना दर्लामी, बिमला अधिकारी, साँस्कृतिक विभागका बसन्ती थापा जनजाति विभागका अस्मिता थापा लगाएतले आफ्नो विचार राख्न भएको थियो ।

कार्यक्रम धनप्रसाद अधिकारीको अध्यक्षक्षतामा तथा अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत जनक रिजालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार