भटिण्डा नगर भेला सम्पन्न

भटिण्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाको भेला सम्पन्न भएको छ । तुल्स बहादुर थापाको अध्यक्षता, गिरी मगरको सञ्चालन ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पछि नारायण केसीले स्वागत गर्नु भएको थियो ।

भेलालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले सम्बोधन गर्नु भएको थियो । पुनले भारत प्रवासमा मूल प्रवाहले श्रमजिवी नेपालीहरुलाई सामाजिक कार्यमा मात्र संगसठत गर्ने काम गरेको नभई देशको राजनीतिक अवस्थाबारेमा पनि निरन्तर प्रशिक्षित गर्दैआएको बताउनु भयो । देशको राज्यव्यवस्था नालायक भएकै कारण कैयौं नेपाली युवाहरु अहिले पनि विदेशमा आफ्नो श्रम सस्तो मूल्यमा बेच्न बाध्य भएको पुनले बताउनु भयो । प्रवासमा नेपाली युवाहरु संगठित हुनुपर्ने आवश्यकता झनै बढ्दै गएको बताउनु भयो ।

सभालाई केन्द्रीय सदस्य नर बहादुर ओली, नगर सदस्य बालाराम जिसी, प्रदिप भण्डारी र नगर महिला बिभाग कि संयोजक संगिता नेपालीले आ-आफ्नो विचार राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार