जालन्धरमा मूल प्रवाहको देउसीभैलो समिक्षा, कलाकारलाई सम्मान

जालन्धर, १८ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिले २०८० को तिहारको उपलक्ष्यमा खेलीएको भैलोको कार्यक्रमको समिक्षा गरेको छ । समिक्षामा भैलो भव्यरुपमा सम्पन्न भएको निष्र्कष निकाल्दै भैलोमा सहयोगी तथा सहभागी सबैजनालाई धन्यवाद ज्ञापन गरिएको छ।

मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खड्काले गहकिला विचार राख्नु भएको थियो ।

उक्त भेलामा तिनदिनसम्म जनताको घरदैलोमा पुगी खेलिएको भैलोलाई सहयोग पुर्याउनु हुने कार्यकर्ताहरुलाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।

दुबै भैलो टिमबाट राम बहादुर बिक, चन्द्र बस्याल, रमा बिष्ट, इन्दिरा कुँवर, रोशनी बस्याल, लक्ष्मण केसीले समिक्षा विचार प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शुभकामना दिने वक्ताहरुमा सुदुर पश्चोमोत्तर क्षेत्रीय महिला विभाग सदस्य मीना बगाले, अखिल नेपाल शिक्षक संघ उपाध्यक्ष सन्धीखर्क अर्घाखाँचीका यज्ञप्रसाद भुसाल, भूमिकास्थान नगरपालिका वार्ड सदस्य विनोद गैरे लगाएत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार