जालन्धर सिटी एरिया समितिको भेला सम्पन्न

खिमराज चालीसे

जालन्धर, १८ डिसेम्वर । मूल प्रवाह जालन्धर नगर समितिद्धारा संचालित सिटि एरिया समितिको भेला १७ डिसेम्बर २०२३ का दिन भव्य र सानदार रुपमा सम्पन्न भएको छ ।

भेलाका प्रमुख अतिथी प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगालेले नवनिर्वाचित प्यानलको घोषणा गर्दै भारतमा सामाजिक न्यायपूर्ण आन्दोलनमा होमिने मूल प्रवाहका कार्यकर्ताहरूको अतुलनिय योगदान रहेको बताउनु भयो । वहाँले मूल प्रवाहका नेता कार्यकर्ताहरूलाई अवसरवादीहरूले ढुलमुल पार्ने लगातार प्रयास भइरहे पनि सचेत कार्यक्रताहरू सबै खाले अवसरवादलाई परास्त गर्न सधै सक्षम रहेको बताउनु भयो ।

उक्त भेलाले १५ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार सहित २५ सदस्यीय एरिया समिति गठन गरेको छ । जस्माः अध्यक्ष– माधव खनाल, उपाध्यक्ष– लक्ष्मी थापा, सचिव– लक्ष्मण केसी, उपसचिव– संजित बस्याल, कोषाध्यक्ष– इन्दिरा कुँवर, सदस्यहरूमाः गिर बहादुर रसाइली, मधिराम भणडारी, रोशनी बस्याल, रमा बिष्ट, माया परियार, सर्मिला सापकोटा, सन्तोषी थापा, बसन्ता खत्री, वसन्त पौडेल, डोर बहादुर केसी, वैकल्पिक सदस्यहरूमाः मीना गाहा, लोक बहादुर थापा, सीता बिक, शान्ता चौधरी, मन बहादुर गाहा, सल्लाहकारमाः भागीलाल घर्ती, मिठु रुचाल, प्रबिन बस्याल, अमृत सुनार, सरिता बस्याल, सुरज केसी र एक स्थान रिक्त रहेको छ ।

नवनिर्वाचित समितिलाई मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, केन्द्रीय परिषद् सदस्य लक्ष्मण खड्का र केन्द्रीय महिला बिभाग शुष्मा खड्का, क्षेत्रीय महिला बिभाग मिना बगाले, चन्द्र बस्याल, राम बहादुर बिक, लक्ष्मण केसी लगाएतले शुभकामना दिनु भएको थियो ।    कार्यक्रम  जितमान थापाको  अध्यक्षतामा तथा तिल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत माधव खनालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार