कोयम्बटोर नगर अध्यक्ष रेशम बहादुर थापा हामी बीच रहनुभएन

कोयम्बटोर, १९ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं कोयम्बटोर नगर समितिका अध्यक्ष रेशम बहादुर थापाको दुखद निधन भएको छ । वहाँको पारिवारिक श्रोतका अनुसार वहाँलाई केही महिना पहिला नेपालगञ्जमा स्वास्थ्य परिक्षण गराउँदा क्यानसर भएको प्रमाणित भएको थियो ।

त्यसपछि वहाँलाई कोयम्बटोरमा उपचारार्थ श्रीमती र छोराले ल्याउनु भएको थियो । हिंजो १८ डिसेम्बरका २०२३ का दिन वहाँलाई पहिलो किमो चढाइएको थियो । तर, आज 5 बजे वहाँको दुखद निधन भएको छ । Kongunadu College of Arts & Sciences, कोयम्बटोरमा कार्यरत थापा प्युठान जिल्ला, स्वर्गद्वारी नगरपालिका- ९ दिबाङ्ग निबासी निवासी हुनुहुन्थ्यो ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले शोक वक्तव्य जारि गरि मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
वक्तव्यमा लेखिएको छ :

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिका अध्यक्ष रेशम बहादुर थापाको दुःखद निधन भएको समाचारले हामी अत्यन्तै मर्माहत छौं । वहाँ केही समयदेखि क्यानसरबाट ग्रस्त हुनुहुन्थ्यो । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सन १९९८ देखि आवद्ध संगठनको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । सातौं दक्षिण भारत क्षेत्रीय सम्मेलनद्धारा उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका थापा हाल दक्षिण भारत क्षेत्रीय समितिको सदस्य एवं कोयम्बटोर नगर समितिको अध्यक्षको जिम्मेवारीमा निर्वाह गर्दै आउनुभएको थियो ।
वहाँको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई र भारत प्रवासमा श्रमजिवी वर्गको पक्षमा गरिने गतिविधिमा अपूर्ण क्षति पुगेको छ । मृतक रेशम बहादुर थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”
त्यसैगरि दक्षिण भारत क्षेत्रीय समितिले शोक व्यक्त गरेको छ । क्षेत्रीय सचिव जनकराज शर्माले क्षेत्रीय समितिको तर्फदेखि शोक वक्तव्य जारि गरि शोक समवेदना व्यक्त गर्नुभएको हो । वक्तव्यमा लेखिएको छ :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार