निलगिरी नगरमा समता भेला सम्पन्न

जनकराज पौडेल,

निगलिगरी । भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत समता विभागको भेला डिसेम्बर २४, २०२३ का दिन आइतबार सम्पन्न भएको छ ।

भेलाको उद्घाटन क्षेत्रीय सदस्य तथा समता विभागका टेकबहादुर विकले द्वीप ज्वलन गरी तालीको गडगडहाटमाझ गर्नुभएको थियो ।
सो अवसरमा उद्घाटन मन्तव्य राख्दै विकले समाजको विभेदकारी दृष्टिकोण हटाउन सचेत र सङ्गठित हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

भेलामा क्षेत्रीय सदस्य विरे थापा, क्षेत्रिय प्रतिनिधि जगत् हमाल, क्षेत्रीय सदस्य मीना हमाल, महिला विभागकी रूपा थापालगायतको आतिथ्य रहेको थियो ।

अन्य अथितिले भेला सफलताको शुभकामनासहित नेपालको दलित आन्दोलन र समसामयिक राजनितिबारे धारणा राख्नुभएको थियो ।

भेलाले धनबहादुर सुन्दासको संयोजकमा १५ सदस्यीय समता नगर विभाग गठन गरेको छ ।

समितिको सदस्यहरूमा लोकेन्द्र विक, कृष्ण परियार, गीता सुन्दास, बलबहादुर नेपाली, कल्पना परियार, सरस्वती परियार, विष्णु परियार, सन्तोष नेपाली, राजकुमार परियार र कुमार परियार रहनुभएको छ । सदस्यको चार स्थान पछि पूर्ति गर्ने निर्णय गरिएको छ ।

निर्वाचित समितिहरुलाई लालबहादुर थापा, भीमबहादुर परियार, वसन्त परियार, महिला विभागकी लक्ष्मी विक, सांस्कृतिक विभागका बलबहादुर विकले बधाइ दिनुभएको थियो ।

लोकेन्द्र विकको अध्यक्षता तथा धनबहादुर सुन्दासको सञ्चालन रहेको सो कार्यक्रममा कलाकारले गीत र सीता विकले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार