मूल प्रवाह सङरुरले गर्‍यो देउसी भैलोको समीक्षा

ठाकुर पौडेल,

सङरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती सङरुरले गएको तिहारमा खेलिएको देउसीभैलोको समीक्षा गरेको छ ।

नगर समितिले शनिबार (डिसेम्बर २३) का दिन समीक्षा कार्यक्रम आयोजना गरी देउसी भैलोबारे चर्चा परिचर्चा गरेको हो ।

मूल प्रवाहले गएको तिहारमा भारतका विभिन्न सहरमा प्रगतिशील रुपमा देउसीभैलो खेलेको थियो । त्यसक्रममा नगर समिति सङरुरले पनि देउसी भैलो खेलिएको जनाएको छ ।

शनिबार आयोजित समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मूलप्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओलीले मूल प्रवाहले नेपालीहरुको सांस्कृतिक पर्व तिहारलाई प्रगतिशील रुपमा मनाउने गरेको चर्चा गर्दै देउसी भैलो कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो ।

साउदी अरब नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर पौडेलको समेत आतिथ्यता रहेको कार्यक्रममा महिला विभाग नगर समितिका लक्ष्रमी विष्ट, नगर उपाध्यक्ष नारायण भुसाल, सचिव धनबहादुर विक सांस्कृतिक लोकदोहोरीका संयोजक बाबुराम परियार, नगर सदस्य हेमन्त मरासिनी सदस्य रामजी प्रसाद भुसाल महिला सदस्य सरिता भुसाल, सीता खनाल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

समीक्षा कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष खेमराज पोख्रेलले गर्नु भएको थियो । कार्यक्रम सन्चालन नगर समितिका सदस्य रामप्रसाद खनाल र स्वागत सचिव राजु खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार