चंडिगढमा मनाईयो १३१ औं माओ दिवश

खिमराज चालिसे,

चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्तिको सिद्धान्तका प्रतीपादक का. माओको १३१ औ जन्मदिवस समारोह सम्पन्न गरिएको छ ।

सभालाई दिनेश खडकाले सम्वोधन गर्दै अन्तर्राष्ट्रिय रुपमा नै माक्र्सवाद, लेनिनवाद तथा माओविचारधारा रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले वामपंथी आवरण भित्रका अवसरवादीहरू समेतबाट कम्युनिस्ट आन्दोलनमा कैयन प्रकारले आक्रमण गरिरहेको सन्दर्भमा माओ विचारधाराको रक्षार्थ रक्षाकवचको रुपमा लाग्नु पर्ने विचार राख्नु भएको थियो ।

सभामा सम्वोधन गर्ने अन्य वक्ताहरूमा तिलक पौड्याल, खिमराज चालिसे, थमन थापा र मानबहादुर केसी, बिनु नेपाली, सिमा खडका र मन्जु बिक, कुमारी थापा र जिवा गुरुङ लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम अर्जुन बिकको सञ्चालनमा तथा पुरन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने ज्ञात अज्ञात शहीदहरू प्रति एक मिनटको मौन धारण पश्चात प्रेम गुरुङले स्वागत भाषणद्धारा स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार