निलगरीमा १३१औं माओ जयन्ती सम्पन्न

जनकराज पौडेल,

निलगिरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्चको आयोजनामा दक्षिण भारतस्थित निलगिरी नगरमा, १३१औं माओ दिवश कार्यक्रम, २६डिसेम्बर २०२३, का दिन भब्यरुपमा सम्पन्न भएको छ ।

लाल बहादुर थापाको अध्यक्षता र धन बहादुर सुन्दासको सञ्चालन रहेको कार्यक्रममा, विरे थापा, जगत हमालको आथित्यता रहेको थियो । शहिदहरूको संझनामा एक मिनेट मौनधारण पछि, क माओत्सेतुङको तस्विरमा माल्यर्पण गरि सम्मान गरिएको थियो । उपस्थित जनसमुदायलाई कलाकारहरूले गितद्धारा र टेक वहादुर विकले शब्दद्धारा स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अथिति हमालले माओ बिचारधारा बिषयमा धारणा राख्नु भएको थियो । त्यसै गरि विरे थापाले माओको जिवनी बारे बोल्नु भएको थियो । कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा रुपा थापा, बसन्त परियार, शुसिल थापा, महिला बिभागबाट सिता नेपाली रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार