गोविन्द परियार र निर्मला परियार मूल प्रवाहमा

लुधियाना । देव बहादुर लामिछानेले नेतृत्व गरेको अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द परियार र निर्मला परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।

केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा जनवरी १४, २०२४ का दिन लुधियानमा सम्पन्न क्षेत्रीय भेलामाझ उहाँहरू दुबैजना मूल प्रवाहमा प्रवेश गर्नुभएको हो । गोविन्द र निर्मलालाई अध्यक्ष खनालले टीका तथा फूलमाला लगाइदिएर मूल प्रवाहको सदस्यता प्रदान गर्नुभएको थियो ।

गोविन्दले कार्यक्रममा मन्तव्य राख्दै फुटपरस्त पक्षसँग कुनै पनि नीति, सिद्धान्त नभएको बताउनु भयो । ‘फूटपरस्तहरूले केवल प्रतिशोधको राजनीति बोकेर हिंडेका रहेछन् ।, मसालले दक्षिणपन्थी लाइन समात्यो भन्दै तथानाम बद्नाम गर्ने गरेता पनि व्यवहारमा उनीहरु आफैनै संक्रिणवादी दलदलमा फँसेका छन् ।’ परियारले यसता खालका संगठन र व्यक्तिहरुको भ्रममा नपर्न सार्वजनिक पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार