मूल प्रवाहले बचायो नवजात शिशुको ज्यान

खिमराज चालीसे

हिसार, २९ जनवरी । भारतको हरियाणा राज्यको हिसारमा जन्मदै गम्भीर विमारी रहेका एक शिशुलाई उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ने.रु. ८८,००० (अठासी हजार) नगद सहयोग गरि जीवन रक्षा गरेको छ । उक्त आर्थिक मूल प्रवाह हिसार नगर समितिद्धारा संचालित सिटि एरिया समिति “बि” को पहलमा विभिन्न माध्यमबाट संकलन गरिएको थियो ।

५ जनवरी २०२४ को हिसारको अनाज मन्डिमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरहेका दम्पती मिन बहादुर रास्कोटि र निरुमति रास्कोटिको पुत्र प्राप्तीको बच्चालाई श्वास प्रश्वास समस्या परेको थियो । स्थानीय जीवन अस्पतालको रिपोर्ट अनुसार शिशुको मुटु र फोक्सोमा गम्भीर समस्या भएकोले श्वास प्रश्वास समस्या परेको वताईएको थियो ।

उक्त समस्या थाहा पाएपछि मूल प्रवाह हिसार नगर समिति अन्तर्गत सिटी एरिया “बि” ले उपचारको पहल शुरु गरेको थियो । हिसारस्थित जीवन अस्पताल ऋषिनगरमा २३ दिनसम्म उपचार गराईएको बालकलाई भारु ५५ हजार (नेरु ८८ हजार) सहयोग गरि मूल प्रवाहले जीवन रक्षा गरेको हो ।

पाल्पा जिल्ला रैनादेवि छहरा गाउँपालिका वार्ड नं ६ जुठापौंवा उर्लेर निवासी मिन बहादुर रास्कोटी र निरुमति रास्कोटि आफ्नो बच्चाको उपचार पछि अस्पतालबाट डेरामा फर्केका छन् । रास्कोटी दम्पत्तीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार