मूल प्रवाहकी रोशनीलाई मातृशोक

चन्डिगढ । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।

बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।

लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।

उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार