दश लाख लिएर पत्नी फरार भएको पतिको आरोप

चन्डिगढ । भारतको हिमाचल राज्यको रिकाङपिओमा तारादेवी नामकी महिलाले भा.रु. दुई लाख बैङ्कबाट निकालेको नगद रकम र भा.रु. आठ लाख गरी करिब दश लाख भारुको नगद तथा जिन्सी लिएर फरार भएको उनका पती रमेश कुमारले आरोप लगाएका छन् ।

जाजरकोट जिल्ला, जुनिचाँदे गाउँपालिका वडा नम्बर २ मुसिकोट कर्नाली प्रदेश ठेगाना भएका रमेश कुमारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई निवेदन दिएपछि सो खुलासा भएको हो ।

मूल प्रवाह रिकाङपिओलाई दिएको जानकारीअनुसार उनीहरू करिब २० वर्षदेखि हिमाचलको रिकाङपिओमा बस्दै आइरहेका थिए । उनका तीनओटा छोराहरू पनि साथमा रहने गरेका थिए ।

गत दुई वर्षदेखी तीन छोराहरूको पढाइको लागि हिमाचल प्रदेशको सोलनमा भाडामा बस्दै आइरहेकी ३५ वर्षीया महिला तारादेवीले छोराहरूलाई डेरामा छाडेर फेब्रुअरी ५, २०२४ का दिन फरार भएपछि निजकी पति रमेश कुमार मूल प्रवाहको कार्यालय आएर विवरण दिएको राज्य समितिका सहसचिव मिथुन सिंहले जानकारी दिनुभयो ।

निज महिला भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय, भारतमा रमेश कुमार +९१–७८०७६९५६११ वा मूल प्रवाह रिकाङपिओ कार्यालयको फोन +९१–७०१८७६७००३ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार