मूल प्रवाहनेतृ मीना बगालेलाई मातृशोक

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर महिला क्षेत्रीय समितिकी नेतृ मीना बगालेलाई मातृशोक परेको छ ।

बगालेकी ७० वर्षीया आमा खगिसरा थामीको निधन भएसँगै उहाँलाई मातृशोक परेको हो । मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको सासूआमासमेत रहनुभएकी थामीको फेब्रुअरी १३, २०२४ का दिन भारतको नोएडामा निधन भएको थियो ।

लामो समयदेखि बिरामी रही उपचाररत दिवङ्गत थामी नोएडामा छोराबुहारीसँगै हुनुहुन्थ्यो ।

आमा खगिसरा थामीको निधनप्रति मूल प्रवाह जालन्धर नगर समितिले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार