हिसारमा ११४औं महिला दिवस कार्यक्रम सम्पन्न

  • खिमराज चालीसे

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग हिसारको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

“११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ सम्पन्न गरिएको समारोहमा मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनबीर पुनमगरले सम्बोधन गर्नु भएको थियो । पुनमगरले सम्बोधन गर्दै महिला मुक्ति आन्दोलनलाई वर्गिय आन्दोलनसँग जोडनु पर्ने धारणा राख्नु भयो । वहाँले विभेदकारी संरचना बिरुद्ध तिखो प्रहार गर्नु भएको थियो ।

समारोहमा मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरे, विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे मूल प्रवाह क्षेत्रीय सदस्य ओम प्रकाश तिवारी, क्षेत्रीय महिला सदस्य सेती राना, नगर अध्यक्ष बाबुराम पोख्रेल, समता क्षेत्रीय विभागका नारायण विक लगाएतको आतिथ्यता र नगरका सुरेश क्षेत्री, मनबहादुर घर्ति मगर, विध्यार्थी संघकी केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे लगाएतको शुभकामना सम्वोधन रहेको थियो ।

समारोहमा गित नृत्य, नशामुक्ती सन्देश दिदै नाटक समेत मञ्चन गरिएको थियो । यसैगरि खेलकूदमा घैटाफोर प्रतियोगिता भएको थियो जस्मा प्रथम पुष्कर राना र द्धितीय नन्द बहादुर लम्तरी हुनु भएको थियो।

समारोहमा प्रमुख अतिथि धनबीर पुनमगरले २०८० को मूल प्रवाह नगर समितिले खेलेको प्रगतिशिल देउसीभैलोका कलाकारहरू समेत खेलकुद र साँस्कृतिक प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र शिल्ड (मोमेन्टो) दिएर पुरस्कृत गरिएको थियो ।

कार्यक्रम सिता पोख्रेलको अध्यक्षतामा तथा दुर्गा ज्ञावलीको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत कमला बगाले र साँस्कृतिक कलाकारहरूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार