कोट्टयाममा ११४औं श्रमिक महिला दिवस मनायो

  • धर्मराज शर्मा

कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम महिला नगर बिभागको आयोजनामा “११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र बिभेदका बिरुद्व संघर्ष गरौं” भन्ने मूल नारा अन्तर्गत सम्पन्न पारिएको छ ।

बालिका देबि शर्माको सञ्चालन र कुमारी थापाको अध्यक्षताबाट अगाडि बडेको उक्त कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य भद्रबहादुर थापा, मनोज जिसी, रक्तिम साँस्कृतिक बिभाग दक्षिण भारत क्षेत्रीय सदस्य सम्झना श्रीस थापा, अखिल भारत नेपाली बिद्यार्थी संघ क्षेत्रीय सदस्य आलोक म्याकमिलन अखिल नेपाल किसान महासंघ अन्फा नवलपुर जिल्लाका सचिब भिम प्रसाद शर्माले अतिथिको आसनग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा बक्ताहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्व र कलरा जेट्कीनले श्रमजिबि महिलाहरूको बारेमा खेलेका महत्वपूणर् योगदान र उपलब्धिबारे प्रष्टाउँदै संगठित हुनुपर्ने आबस्यक्ता र महत्व बारे बिचार राख्नुभएको थियो ।

डिल बहादुर राना, प्रेम प्रसाद शर्मा, गणेश परियार, सान्ति विक, कौशिला परियार, सरिता सुरेश, गितु बिष्ट, कल्पना नेपाली, तारा पुन, मायाँ परियार, राम कुमार विकले शुःभकामना मन्तब्य राख्नुभएको थियो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात सीता पराजुलि पौडेलले उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार