खिमराज चालीसे
बठिन्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग बठिन्डाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न गरिएको छ ।
“११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ सम्पन्न गरिएको समारोहमा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओलीले महिला आन्दोलनबारे गहकिला विचार राख्नुभएको थियो ।
सम्वोधन गर्ने अन्य वक्ताहरूमा नगर सदस्य नारायण केसी, महिला बिभागबाट सरला नेपाली र माया ओली लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम लिला देवीको अध्यक्षता तथा गिर बहादुर मगरको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य गणेश पोख्रेलले गर्नुभएको थियो ।