चंडिगढमा ११४औं महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालीसे

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग चंडिगढको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न पारिएको छ ।

“११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ सम्पन्न गरिएको उक्त समारोहमा गित नृत्य, कविता बाचन जस्ता रचनात्मक प्रस्तुती सहित सम्पन्न गरिएको हो ।

समारोहमा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले वर्तमान विभेदपुणर् संरचना समाप्त पार्न महिलाहरूले यो व्यवस्था विरुद्ध अझै सशक्त प्रतिकारको दिशामा हिम्मतसाथ अगाडि बढनु पर्ने धारणा राख्नुभएको थियो ।

सम्वोधन गर्ने अन्य वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोख्रेल, केन्द्रीय परिषद सदस्य थमन थापा र मान बहादुर केसी, साँस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, मूल प्रवाह क्षेत्रीय सदस्य तेज बहादुर रोका, खेल विभागका पुरन थापा, समता बिभागका दुर्गा विक, साँस्कृतिक नगर विभागका अर्जुन विक, महिला क्षेत्रीय सदस्यहरू सिमा खडका, सरस्वता भुसाल, बिष्णु अर्याल, मञ्जु विक, कुमारी थापा, हिरा थापा, जमुना खड्का, लक्ष्मी अधिकारी, दिव्या थापा क्षेत्री, मायाँ नेपाली, मिना बण्जाडे, अमृता, पार्वती एमसी, विष्णु बिष्ट लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम माया आचार्यको अध्यक्षता, चालिसेको सञ्चालन, जिवा गुरुङ र साँस्कृतिक कलाकारहरूको स्वागतबाट अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार