रोपडमा ११४औं महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालीसे

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग रोपडको आयोजनामा हिजो ८ मार्च २०२४ को ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न गरिएको छ ।

“११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौं, महिला हिंसा र विभेदका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ सम्पन्न गरिएको सो समारोहलाई प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सचिव एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले महत्वपुणर् विचार राख्दै सम्वोधन गर्नुभएको थियो ।

जनजाति क्षेत्रीय संयोजक बिल बहादुर गुरुङ, मूल प्रवाह क्षेत्रीय सदस्य खगि थापा, दुर्गा लामिछाने र महिला क्षेत्रीय सदस्य तुल्सी थापाको आथित्यता रहेको सो समारोहलाई मूल प्रवाह नगर समितिका दयाराम लामिछाने र ओम प्रकाश सापकोटा, एरिया सदस्यहरू गीता सापकोटा, चन्द्रा सापकोटा, पुणर्कला सारु, विद्यार्थी संघकी रूपा थापा र नगर सदस्य लालबहादुर थापा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम मन्जु थापाको अध्यक्षतामा तथा रुपा कार्कीको सञ्चालन र हरिकला कडेलले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार