संगरुरमा ११४औं महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालीसे

संगरुर । मूल प्रवाह महिला विभाग संगरुरको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न गरिएको छ ।

समारोहमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य एवं नगर अध्यक्ष खेमराज पोख्रेल नगर समितिका रामजी भुसाल, रामप्रसाद आचार्य, महिला नगरका सरिता शर्मा, पार्वती विरकटा, शान्ता नेक सावित्रा पोखरेल, शिला खनाल, अमृता खनाल, सुनिता, सविना र रिना भुसाल लगाएतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम सरिता भुसालको अध्यक्षतामा तथा सिता आचार्यको सञ्चालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार