डेराबसीमा ११४औं महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालीसे

डेरावासी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज डेराबसी नगरद्धारा सञ्चालित महिला विभाग डेराबसीको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपमा सम्पन्न पारिएको छ ।

समारोहमा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले महिला आन्दोलनबारे गहकिला विचार राख्नु भएको थियो । उक्त सभालाई नगर समितिका श्याम धिमाल र कुमार भुजेलले पनि मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम दिलमाया लुईटेलको अध्यक्षतामा तथा मनमायाको सञ्चालन र देवा नेपालीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार