खिमराज चालीसे
श्रीगंगानगर । मूल प्रवाह महिला विभाग श्रीगंगानगरको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न गरिएको छ ।
मूल प्रवाह केन्द्रीय सचिव त्रिभुबन भट्टराईले प्रमुख अतिथी आसनबाट सम्वोधन गर्दै संरचनागत विभेदलाई समाप्त पार्न आमूल परिवर्तनको आवश्यकता औलाउनु भएको थियो ।
समारोहमा अन्य वक्ताहरूमा मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जीसी, परिषद सदस्य हुम बहादुर विक, नगर अध्यक्ष गिरु प्रसाद न्यौंपाने महिला क्षेत्रीय सदस्यहरू सुनीता भट्टराई, कमला खडका, बागमती केसी, मूल प्रवाह क्षेत्रीय सदस्य जागेस्वर न्यौंपाने, साँस्कृतिक बिभागका कृष्णा नेपाली र आरती नेपाली, बोम बहादुर बिस्ट, बोम बहादुर बिस्ट, साबित्रा विक, जनजातिबाट संझना पुन लगाएतले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रम बसन्ता नेपालीको अध्यक्षतामा तथा रेशम भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।