मुम्बईको म्हाडमा एक नेपालीको मृत्यु

मुम्बई । रोजगारीको लागि नेपालबाट भारत गएका एक नेपालीको  मुम्बई स्थित म्हाडमा मृत्यु भएको बताइएको छ ।

गत शिवरात्री (8 March 2024) का दिनदेखि लापत्ता भएका उक्त व्यक्तिको तीनदिन पछि मृत शव फेला परेको थियो । स्थानीय प्रशासनले पोष्टमार्टम पछि परिवारलाई जानकारी विना नै दाहसंस्कार गरेको थियो ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई प्राप्त भए पछि घट्ना स्थल र म्हाड पुलिस ठानामा पुगि छानविनका लागि जोड दिइएको थियो । मृतकको हातमा रहेको फ्रेण्डसिप बेंडको आधारमा मृतक ऐरावती गाउँपालीका वडा नम्बर १, सिस्नेरी धनबोट निवासी सूर्य बहादुर गुरुङका १८ वर्षीय छोरा खिम बहादुर गुरुङको रुपमा पहिचान खुलेको छ ।

मृतकका दाजु खिम बहादुर गुरुङले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई दिएको निवेदनको आधारमा मूल प्रवाहका केन्द्रीय सदस्य खुम बहादुर पुन र अलिबाग नगर समितिका सदस्य खिम बहादुर गुरुङ सहितको प्रतिनिधि टोलीले घटनाको निश्पक्ष छानविनको लागि पुलीस–प्रशासनलाई दिएको दबाब पछि म्हाड पुलीस सक्रिए भएको छ । पोष्टमार्टम् रिपोर्टको प्रतिक्षा रहेको खुम बहादुर पुनले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार