रुपन्देहीकी छमा पोखरेको भारतमा खोजी गर्दै मूलप्रवाह

चंडिगढ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–१ की ४१ वर्षीया छमा पोखरेल ढकाल सम्पर्कविहीन भएकी छन् ।

गएको फागुन १८ गते माइतीघर कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका–१ बाट घर सैनामैना फर्केकी छमा सोही दिनदेखि बेपत्ता भएकी हुन् ।

उनी भारततर्फ गएको आंशकामा परिवारका सदस्यले खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष आग्रह गरेको छ ।

छोरीको चौतर्फी खोजतलास पछि पनि नभेटिएपछि उनको पिता कुलराज पोखरेलले छोरीको खोज तलास गरिदिन मूल प्रवाहसँग अनुरोध गरेका छन् । पिता कुलराजको आग्रहमा मूल प्रवाहले छमाको भारतमा खोज तलास गरिरहेको जनाएको छ ।

उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा कुलराज पोखरेल ००९७७९८४७१३०८४२ वा भारतमा केशव प्रसाद आचार्य +९१ ७०४२७३७८४५ मा खबर गर्न मूल प्रवाहले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार