फतेहाबादमा महिला बिभाग गठन गरिएको छ

फतेहाबाद, २४ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फतेहाबाद अन्तर्गत महिला विभाग गठन गरिएको छ । केन्द्रीय सदस्य तारा सोमरे, क्षेत्रीय सदस्य लाल बहादुर चुदाली, महिला क्षेत्रीय विभागकी सदस्य सेती राना, सिता पोखरेलको विशेष उपस्थितिमा ससम्पन्न भेलाको अध्यक्षता सुशिलाले र सञ्चालन दुर्गा ज्ञावलीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पुणर्लाई संगिताले शब्दद्धारा स्वागत गर्नुभएको थियो।

केन्द्रीय सदस्य तारा सोमरेले महिलाहरुले आफ्नो अधिकार सुनिश्चित गर्नका लागि संगठित हुनुपर्नेमा जोड दिनुभएको थियो । सोमरेले महिला अधिकार, पैत्रीक सम्पत्तीमा समान अधिकारका विषयमा अझै पनि नेपाली महिलाहरु विमुखभएको बताउनु भएको थियो ।

भेलाले मोनिका जिसिको संयोजकत्वमा एघार सदस्यीय फतेहाबाद महिला नगर विभाग बिभाग गठन गरेको छ ।

सदस्यमाः- सरसता ताम्राकार, सुशिला बिक, सिता सुनार, कमला सुनार, संगिता ताम्राकार, अंजलि सुनार, कुमारी, सुषमा, कमला राना र कल्पना सुनार रहनु भएको छ ।

फतेहाबाद नगर संगठन समितिका अध्यक्ष किसन खनाल, हिसारदेखि  दुर्गा ज्ञावली, बिमल मुखिया, फतेहाबाददेखि केबि किसन, बाबुराम जिसि, शिबलाल सुनार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार