- खिमराज चालीसे
चंडिगढ, मार्च २५ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका अध्यक्ष मान बहादुर केसी पत्नीशोकमा पर्नुभएको छ । रुपा केसीको हिजो २४ मार्च २०२४ को राती सडक दुर्घटनामा दुःखद निधन भएको छ । ५८ वर्षकी रुपा केसी मूल प्रवाह चंडिगढ महिला नगर विभागको सदस्य समेत हुनुहुन्थ्यो ।
पंचकुलाको मोरनी हिल्सस्थित नेचरपार्कबाट मूल प्रवाहको सांगठानिक कार्यक्रम समापन गरेर चंडिगढ फर्कने क्रममा वहाँ लगायत केन्द्रीय सदस्य तिलक पौडेल, गोपाल खड्का, कोपिला थापा र रुपा केसी चढेको कार करिव १५ फुट माथीबाट खस्दा गम्भीर घाईते हुनुभएकी रुपा केसीको अस्पतालमा पुराउँदा अस्पतालले मृत घोषणा गरेको थियो।
दुर्घटनामा गोपाल खडका वर्ष ५८ र कोपिला थापा वर्ष ५० पनि गम्भीर घाईते हुनु भएको छ । गोपालको खड्काको पञ्चकुलामा र कोपिला थापाको चण्डीगढमा उपचार चलिरहेको छ । केन्द्रीय सदस्य तिलक पौडेलको स्वास्थ्य भने सामान्य रहेको बताइएको छ ।
मूल प्रवाह चंडिगढ नगर समितिले घाईतेहरुको सिघ्र स्वास्थ्य–लाभको कामना गर्नुका साथै मृतक रुपा केसीप्रति भावपूर्ण श्रद्धान्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
यसै बीच नगर समितिका सचिव तेज बहादुर रोकाले एक शोक वक्तव्य जारि गर्नुभएको छ । रोकाले सिंगो नगर समितिको तर्फदेखि रुपा केसीको निधनले शोकमग्न परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नु भएको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।